वर्षौंदेखि बसीरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य नहुने सुकुम्बासीहरुको चेतावनी

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

काठमाडौं । बागमती नदी किनारका सुकुम्बासीहरुले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोबास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सोमबार सयौँको संख्यामा उपस्थित भएका सुकुम्बासीहरुले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्। सुकुम्बासीहरुले ‘बिना विकल्प उठिबास बन्द गर, वार्ता र संवादको ढोका खुल्ला गर, भूमी अभियन्तामाथिको जाहेरी फिर्ता गर, उठिबासको त्रास बन्द गर, नागरिकको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य नहुने चेतावनी दिँदै वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन भएको बताए। उनले जोखिममुक्त बसोबास गरेका सुकुम्बासीलाई बसोबास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोबास गरेकाहरुलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे।

उनले सरकारले सुकुम्बासीहरुको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट