सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार जाने भएका छन्।

सिंहदरबारमा परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जान लागेको जानकारी दिएको हो। गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश यात्रामा कतार जान लागेका हुन्।

दोहामा हुने दुई दिने सम्मलेनमा सहभागी भएर प्रधानमन्त्री फागुन २२ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममापनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट