पोखरा : यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजबाट ३२ जनाको शव निकालियो, बाँकीको खोजी जारी

प्रकाशित मिति: १ माघ २०७९, आईतवार

पोखरा । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

यति एयरलायन्सका वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएको जहाज सेती नदीको खोंचमा खसेको हो । विमान दुर्घटनामा अहिलेसम्म कोही पनि जीवित नभेटिएको र दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिसकेको प्रहरीले जनाएको छ। अहिले विमान दुर्घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट