मुख्य समाचार
प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलवार

काठमाडौं। आज हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाइरहेका छन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । यो व्रत सक्नेले […]


प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध भदौ २ गते सर्वोच्च अदालतमा दर्ता गरेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन बालेनलाई आदेश दिएको हो । नर्भिक अस्पतालले नक्सा पास […]


प्रकाशित मिति: ९ भाद्र २०७९, बिहीबार

काठमाडौं। अवैध रुपमा बनेका संरचनाहरु हटाउने क्रममा काठमाडौं महानगरपालिकाले आज बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएको छ । अल्फाबिटाको अवैध संरचना भत्काउन काठमाडौं महानगरका मेयर बालेने शाह नक्सासहित फिल्डमा पुगेका थिए । मेयर बालेनेले अल्फा बिटाका सञ्चालकलाई नक्सा देखाउन आग्रह गर्दा अल्फाका सञ्चालकले भवनको नक्सा देखाउन नमानेपछि तनाव भएको थियो। नक्सा र डोजरसहित अल्फा हाउसमा पुगेका […]


प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी एक हप्ताभित्र सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्। मेयर शाहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा बिसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका […]


प्रकाशित मिति: ५ भाद्र २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरिको शोकमा पार्टी कार्यालयहरुमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। कांग्रेसको पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शोक मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गर्दै नेता तथा सांसद् प्रदीप गिरिको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले प्रदीप गिरिको शोक प्रस्ताव […]


प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

काठमाडौं । भगवान श्रीकृष्णको पूजा,आराधना गरी आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाईदै छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव जगतको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता […]


प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलवार

काठमाडौं । आगामी संसदीय निर्वाचनमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्न दिने निर्णय गरेको हो । तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी […]


प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छन् । पूर्वमन्त्री झाँक्रीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा सहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको दाबी […]


प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार

काठमाडौं । एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपालले भ्रष्टाचार र महंगीविरुद्ध राजधानीमा बृहत प्रदर्शन गरेको छ। सोमबार राजधानीको भद्रकालीबाट सुरु गरिएको प्रदर्शनले सरकारको विरुद्धमा नाराबाजी गरेको हो। एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र समृद्धिको चाहना समाप्त पार्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दाबाद, महंगी चाहिदैन, देश बेच्न पाईदैन जस्ता नाराहरु लगाएका थिए । (तस्बिर […]


प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गराइएको बताएका छन् । शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले अमेरिकालाई साउन ९ गते नै एसपीपी सम्झौतामा सहभागी नहुने लिखित जानकारी गराएको बताएका हुन् । संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको […]


प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब श्रमजीवी जनता र क्रान्तिकारीले चुनाव लडेर जितेर आउने कुरा सपना जस्तै हुने गएको बताएका छन् । निर्वाचन प्रणालीको बारेमा चर्चा गर्दै उनले गाउँपालिको चुनावमा १० करोड खर्च गरेर जितेको रिपोर्ट आफूकहाँ आइपुगेको बताउँदै अबको चुनावमा दलाल र पुँजीपतिहरू मात्रै अघि आउने बताएका हुन् । नेपाल […]


प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समयअनुसार पत्रकारिता क्षेत्र परिष्कृत हुँदै जानुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन उद्घाटन समारोहका लागि हेटौंडा पुगेका कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले जिम्मेवार हुँदै विकसित प्रविधिको सहयोग लिएर आफूलाई परिष्कृत गर्दै लैजानु आवश्यक रहेको बताएका हुन् । हेलिकोप्टरबाट अन्य नेताहरुसहित हेटौँडा पुगेका प्रधानमन्त्री […]


प्रकाशित मिति: ५ श्रावण २०७९, बिहीबार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले अब समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अघि सारेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका हुन्। प्रदेश सरकारको आवश्यकता नभएको बताएका अध्यक्ष थापाले बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई […]


प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देश आर्थिक हिसाबले कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको बताएका छन्। राजधानीमा सोमबार एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य डरलाग्दो रुपमा बिचौलियाहरुको नियन्त्रणमा जान थालेको बताएका हुन् । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम […]


प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले एक सय मिलियन डलर अर्थात पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसका अनुसार १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण उक्त ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, […]



 

 

 

 

 

 

 


ताजा अपडेट