नेपालको लागि करिब १३ अर्ब रुपैयाँ ऋण स्वीकृत : विश्व बैंक

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले एक सय मिलियन डलर अर्थात पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसका अनुसार १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण उक्त ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने छ ।

यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्ने विश्व बैंकको भनाइ छ । निर्देशक फारिस हदाद जेभोसले कोभिड-१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताए ।

ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ९९जीआरआईडी० का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट