नेपाल भित्रियो मनसुन, अब देशभर वर्षा हुने क्रम ह्वात्तै बढ्ने

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

काठमाडौं । यस वर्षको मनसुन कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्र हुँदै नेपाल भित्रिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुन १४ तारिखमा वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल भित्रिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी नेपाल प्रवेश गरेको हो ।

मनसुन नेपाल भित्रिएसँगै अब देशका अन्य स्थानमा क्रमशः मनसुन फैलिँदै जाने र मौसम बदली तथा वर्षा हुने क्रम ह्वात्तै बढ्ने महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट