राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

आयोगले आज बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गरेको हो। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

आयोगका अनुसार ११ व्यक्ति, संघसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट