मुस्लिम धर्मावलम्बीले सामूहिक रूपमा नमाज पढेर मनाए बकर ईद

प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकर इद (इदुल जोहा), मुस्लिम धर्मावलम्बीहरुले रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउँने गर्दछन् । आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढेर मुस्लिम धर्मावलम्बीहरुले घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने चलन रहेको छ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास रहिआएको छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बानी (बलि) भएको धार्मिक मान्यता छ ।

कुर्बानीको मासु तीन भागमा बाड्ने गरिन्छ। जसअनुसार एक भाग गरीब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट