घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई गृहमन्त्रीले भने, ‘माग पूरा हुन्छ, ढुक्क हुनुहोस्’

प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने सहमति जनाएपछि आफ्नो घर फर्किन तयार भएका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर घर फर्किन आग्रह गरेका हुन् ।

११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर घर फर्किंन लागेको बताए । सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताएका पीडितहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन्।

गृहमन्त्री श्रेष्ठले सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमति कार्यान्वयन हुने स्पष्ट पारे । उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट