माइतीघरमा धर्ना बस्दै महावीर पुन

प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना दिने भएका छन्। महावीर पुनले ४ बुँदे माग राखेर शुक्रबार वैशाख १५ गते बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने भएका हुन् ।

पुनले बिहीबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्ने बताएका हुन् ।

उनले अघि सारेका मागहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयो गर्न हरेक वर्ष संघ र प्रदेश सरकारले आपंनो विकास बजेटको १ प्रतिशत रकम छुटयाउनु पर्ने र त्यो रकम नवप्रवर्तक र आविष्‍कार कोषमा राख्नुपर्ने, अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवपवर्तन विभाग’ खोल्नुपर्ने, उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नुपर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने उल्लेख छ । उनले आन्दोलनमा साथ दिन सबैलाई आह्वान समेत गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट