सवारी शब्दको रुढ मिनिङ हुन्छ, त्यसैले आवागमन शब्द प्रयोग गरौं : राष्ट्रपति पौडेल

प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

गोरखा । नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौं बाहिरको पहिलो भ्रमणका लागि गोरखा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन्।

गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै राष्ट्रपति पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएकाले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका हुन् ।

आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले ‘सवारी’ शब्दको ठाउँमा ‘आवागमन’ शब्द प्रयोग गर्न सुझाव दिए ।

राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वर्द्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको बताउँदै राष्ट्रपति पौडेलले भने,‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ। त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौँ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट