काठमाडौं। संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। सोमबार राति करिब १ बजेतिर बालुवाटारस्थित निवासको शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १:५० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने बताइएको […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। मंगलबार राति करिब २ बजेतिर बालुवाटरस्थित निवासमा हृदयघात भएका नेम्वाङलाई महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्याउँदा चिकित्सकहरुले उनको निधन भइसकेको बताएका थिए । नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। […]
काठमाडौं । आज भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर कृष्ण जन्माष्टमी मनाईंदै छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्ने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा मामा […]
काठमाडौं । संविधान दिवस मनाउन सरकारले यसवर्ष ३ दिनसम्म विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । सरकारले असोज २, ३ र ४ गते गरी ३ दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउने भएको हो । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते विभिन्न […]
काठमाडौं । मोटरसाइकल र स्कुटरको ब्रेक शुमा अवैधरुपमा नेपाल भित्र्याइएको लगभग एक क्वीन्टल भनिएको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ। राजस्व अनुसन्धान विभागले गत साउन ३ गते विमानस्थल बाहिरबाट ब्रेक शुमा लुकाएर ल्याइएको करिब १०० केजी सुन बरामद गरेको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन गालेर जोख्दा ६० केजी […]
बुढानीलकण्ठ भगवानको नामबाट नामाकरण गरिएको बुढानीलकण्ठ नगरपालिका बागमति प्रदेशको काठमाडौं जिल्लाको पूर्वउत्तर क्षेत्रमा रहेको नगरपालिका हो । वि.सं २०७१ साल मंसिरमा घोषणा गरिएको बुढानीलकण्ठ नगरपालिका संघिय राजधानी काठमाडौंसँगै जोडिएको एउटा नगरपालिका हो । साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलेर बनेको यो नगरपालिका हाल १३ वटा वडाहरुमा […]
काठमाडौं । प्रत्येक १५/१५ दिनमा मूल्य अपडेट गर्ने इन्डियन आयल कर्पोरेसन आईओसीले यसपटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेर नेपाल पठाएको छ । नेपाल आयल निगमले दिएको जानकारी अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको छ। यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ […]
काठमाडौं । कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाही मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री पत्नी आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको प्रति गुनासो समेत गरिन् । नक्कली भुटानी शरणार्थी […]
बुटवल । अर्थमन्त्री प्रकाशशरण महतले विमानस्थलबाट फेला परेको सुन प्रकरणमा जरैसम्म पुग्ने गरी अनुसन्धान भएरहेको बताएका छन्। अर्थमन्त्री महतले सुन प्रकरणमा छानबिनका लागि अुनसन्धान टोली बनाएर काम गरिरहेको बताउँदै भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको जानकारी दिएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन इटली प्रस्थान गरेका छन् । इटलीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीले उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री […]
काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ८० किलोभन्दा बढी सुन बरामद गरेको छ। हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानबाट नेपाल आएका यात्रुको साथबाट राजश्व अनुसन्धान विभागले चेकजाँच पास गरिसकेको अवस्थामा करिब ८० देखि १०० किलोसम्म तौलको सुन बरामद गरेको हो। विभागले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो । लामो समयदेखि ओछ्यान परेकी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान […]
काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। मंगलबार बिहान १० बजे उडेको मनाङ एयरको ९ एनए एमभी कलसाइन हेलिकप्टर करिब सवा १० बजेपछि सम्पर्कविहीन बनेको थियो । मनाङ एयरको हेलिकप्टरमा एकजना नेपाली पाईलटसहित मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष सवार रहेका थिए । […]
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रृंखलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका ५ सदस्यहरुलाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल प्रयोग गरेर मर्निङवाक जाने काठमाडौंका महिलाहरुको सिक्री लुट्ने गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।मर्निङवाक हिँडेका आठ जना महिलाले सिक्री लुटिएकोबारे प्रहरीमा गरेको उजुरीका आधारमा महाशाखाले उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो […]
काठमाडौं । नाबालिग बलात्कारको मुद्दामा जोडिएका एलओडी क्लबका सञ्चालक फरार भएका छन्। ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल करिब एक सातादेखि फरार भएको प्रहरीले जनाएको छ। गत जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई जेठ ३१ गते ललितपुरको बागडोलमा बलात्कार गरिएको थियो । पीडितले घटनाको भोलिपल्टै पोखरा […]