भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडियाबाट आक्रमण भयो : आरजु राणा

प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

काठमाडौं । कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाही मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री पत्नी आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको प्रति गुनासो समेत गरिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम लिइएको अडियो बाहिर आउँदा टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि आफूमाथि मिडिया ट्रायल गरी त्यसैलाई उछालिएको प्रति उनले गुनासो पोखिन् ।

उनले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा समेत राखिन्। ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो’ उनले भनिन्, ‘यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।’

मंगलबार कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मधेस प्रदेशमा कुपोषणको स्थिति राष्ट्रिय सूचकांकभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले कामका साथै प्रचारप्रसार गर्न सुझाव दिइन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट