दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ५ जनाको शव फेला, १ जना बेपत्ता

प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

मंगलबार बिहान १० बजे उडेको मनाङ एयरको ९ एनए एमभी कलसाइन हेलिकप्टर करिब सवा १० बजेपछि सम्पर्कविहीन बनेको थियो । मनाङ एयरको हेलिकप्टरमा एकजना नेपाली पाईलटसहित मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष सवार रहेका थिए ।

अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ। प्रहरीले घटनास्थललबाट पाँचवटा शव निकालेको तर शवको पहिचान हुन नसकेको जानकारी दिएको छ । दुर्घटनामा परेका अर्का एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट