सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण १ क्विन्टल बढी सुन समातियो : अर्थमन्त्री महत

प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

बुटवल । अर्थमन्त्री प्रकाशशरण महतले विमानस्थलबाट फेला परेको सुन प्रकरणमा जरैसम्म पुग्ने गरी अनुसन्धान भएरहेको बताएका छन्।

अर्थमन्त्री महतले सुन प्रकरणमा छानबिनका लागि अुनसन्धान टोली बनाएर काम गरिरहेको बताउँदै भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले आफूले आर्थिक वर्ष २०८०/०८१ मा भन्सारमा हुने अनियमित कार्यको बारेमा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण हङकङबाट नेपाल भित्रिएको १ क्विन्टल बढी सुन समातिएको दाबी गरेका छन् ।

उनले भने, ‘मैले बजेटमा नै प्रस्ताव गरेको हो, भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो ।’

मन्त्री महतले मुलुकमा सुशासन कायम गर्न र अनियमितता, गैरकानुनी जस्ता कार्य हुन नदिन सरकार कटिबद्ध रहेको बताए। ‘कतिपय अवस्थामा यस्ता घटना हुने तर त्यसमा सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन सरकार कटिवद्ध छ,’ उनले भने।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट