संविधान दिवस मनाउन ३ दिनसम्म कार्यक्रम गर्ने सरकारको निर्णय

प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

काठमाडौं । संविधान दिवस मनाउन सरकारले यसवर्ष ३ दिनसम्म विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । सरकारले असोज २, ३ र ४ गते गरी ३ दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउने भएको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको हो ।

जसअनुसार असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर तथा विदेशस्थित दूतावासहरु, कूटनीतिक नियोगमा समेत विभिन्न कार्यक्रमहरु गरिने तय गरिएको छ ।

बैठकले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि निर्णय गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट