विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ८० किलोभन्दा बढी सुन बरामद गरेको छ।

हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानबाट नेपाल आएका यात्रुको साथबाट राजश्व अनुसन्धान विभागले चेकजाँच पास गरिसकेको अवस्थामा करिब ८० देखि १०० किलोसम्म तौलको सुन बरामद गरेको हो।

विभागले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन बरामद गरेको जनाएको छ ।

अझैसम्म बरामद सबै सुनको तौल लिइ नसके पनि उक्त सुन १०० किलोभन्दा बढी रहेको अनुमान विभागले गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट