नेम्वाङको पार्थिव शरीर एमाले कार्यालय च्यासलमा

भावविह्वल भइन् ओली पत्नी राधिका

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

काठमाडौं। संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।

सोमबार राति करिब १ बजेतिर बालुवाटारस्थित निवासको शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १:५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने बताइएको छ । नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन् ।

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन अहिले पार्टी कार्यालय च्यासलमा नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्य नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय च्यासलमा पुगेका छन् ।

श्रद्धाञ्जली दिने क्रममा अध्यक्ष ओली र पत्नी राधिका शाक्य भावविह्वल अवस्थामा देखिए। नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन एमालेका उच्च तहका नेताहरु, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेता कार्यकर्ताहरु पनि पुगिसकेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट