प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक,पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि ओछ्यान परेकी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान नर्भिक अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले उनलाई बिहान करिब ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको हो ।

६९ वर्षको उमेरमा निधन भएकी सीता दाहालको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ। पत्नी शोकमा रहेका प्रचण्डलाई भेट्न अहिले नर्भिक अस्पतालमा नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट