ब्रेक शुमा बरामद १ क्विन्टल सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

काठमाडौं । मोटरसाइकल र स्कुटरको ब्रेक शुमा अवैधरुपमा नेपाल भित्र्याइएको लगभग एक क्वीन्टल भनिएको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते विमानस्थल बाहिरबाट ब्रेक शुमा लुकाएर ल्याइएको करिब १०० केजी सुन बरामद गरेको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो। सोमबार नपगाली जोख्दा सुनको तौल ६० किलो ७८९ ग्राम थियो ।

अब सुनको गुणस्तार जाँचिने र एक साताभित्र गुणस्तर जाँचको नतिजा आइसक्ने महाशाखाले जनाएको छ । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट