मुख्य समाचार
प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । इरानको संसद भवन र सर्वोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ । इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्ति संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । गोली लागेका व्यक्ति घाइते भएको बताइए पनि थप घाइतेबारे समाचार एजेन्सीहरुले फरक फरक तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै आधुनिक […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । देउवा सरकारमा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्ने भएका छन् । माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए । यस्तै गृहमा जनार्दनलाई […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । राष्ट्रपति कार्यालय शितलनिवासमा पौने २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको सपथग्रहण समारोह राखिएको छ । तर, नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथ ग्रहण समारोह रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । पौडेल समूहले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई भोलिदेखि धुलिखेलमा नयाँ संरचनाअनुसार स्थानीय अधिकारबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा चुनिएका नगर तथा गाउँपालिका प्रमुखलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जिम्मेवार बनाउन यही जेठ ३० देखि आगामी असार १ गतेसम्म प्रदेश नं ४ […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको छनोट गर्न बालुवाटारमा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बोलाइएको छ । बुधबार बिहानै सुरु भएको बैठकले प्रारम्भमा दुईजना मन्त्रीको नाम सिफारिस गर्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ खानेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । हिजो संसद्बाट प्रधानमन्त्री चुनिएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कार्यभार सम्हाल्दै छन् । देउवाले राष्ट्रपति भवन शितलनिवासमा अपरान्ह पौने दुई बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ । देउवाले लैनचौरस्थित शहिद स्मृति पार्कमा माल्यार्पण गरेर आजै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा पदवहाली गर्ने कार्यक्रम तय भएको छ । देउवा मुलुकको […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । ब्यवस्थापिका संसद बैठक सुरु भएको छ । लगातार संसद् अवरोध गर्दै आएको एमालेले हिजो नै संसद् अवरोध नगर्ने सहमति जनाइसकेको थियो । सभामुख ओनसरी घर्तिमगरको पहलमा सोमबार साँझ भएको छलफलमा शीर्ष नेताहरुबीच चार बुँदे सहमति भइ सदन खोल्ने सहमति भएको थियो । त्यसअघिसम्म एमालेको अवरोधकै कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । आतंकवादलाई सघाएको आरोप लगाउँदै ६ मुस्लिम बहुल देशले कतारसँग आफ्नो कुटनीतिक सम्बन्ध तोडेका छन् । यो निर्णयसँगै कतारका विमानलाई साउँदी अरब र इजिप्टले आफ्नो हवाई क्षेत्रमा उड्न रोक लगाएको छ । कतारसँग सम्बन्ध तोड्नेमा साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । यीमध्ये साउदी अरब, इजिप्ट, […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । रोल्पाको थवाङबाट दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि मत खसेन । तर, यस पटक थवाङमा चुनावी सरगर्मी बढेको छ । पहिलो चरणको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपा पनि थवाङमा चुनाव लड्ने तयारीमा छ । नेकपाले निर्वाचन आयोगमा दल दर्ता नगराएकोले उसले स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने हुन्छ । थवाङका विप्लव समूहका एक […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । एमालेले संसद अवरोध नगर्ने भएपछि आज व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । त्यसैले १४ वर्षपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाउने लगभग निश्चित भएको छ । संसदको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ । पहिलो बैठकलाई प्रमुख तीन दलका […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । एमालले भोलि संसद् अवरोध नगर्ने भएको छ । यससँगै भोलि नै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै एमालले व्यवस्थापिका संसद अवरुद्ध गर्दै आएको थियो । तर, उसले निःशर्त संसदको अवरोध फिर्ता लिएको हो । एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ ।  भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान र मतगणना गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजी मुद्दाको  सुनुवाई गर्दै तीन दिनपछि दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गरिने र […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै चारवटा मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्य गरेको छ । साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । द्वन्द्वग्रस्त अरब मुलुक यमनमा कतारले बिद्रोही सैन्य शक्तिलाई सहयोग गरेको, अलकायदा तथा मुस्लिम ब्रदरहुडजस्ता संगठनलाई प्रायोजन गरेको र कतारी सरकारद्वारा सञ्चालित […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । जुन महिना (१८ जेठ) बाट काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ । पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘ह्यूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले बुधबार (२४ जेठ) अनिवार्य अवकाश पाउँदै छिन् । तर, कार्कीले अवकाश पाउनुअघिसम्म भावी प्रधानन्यायाधीशको नाम सिफारिस नहुने निश्चित भएको छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअगावै योग्य न्यायाधीशको नाम संवैधानिक परिषद्मा लेखी पठाउने न्यायिक परम्परा छ । तर, यसपटक सो परम्परा लागू भएन । त्यसो त अवकासभन्दा […]



 

 

 

 

 

 

 


ताजा अपडेट