देउवा सरकारमा माओवादी केन्द्रको महराको नेतृत्व, जनार्दन शर्मालाई गृह

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । देउवा सरकारमा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए । यस्तै गृहमा जनार्दनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकमा प्रभु साहलाई बिना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससँग छलफल नभएकाले निर्णय भएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट