मुख्य समाचार
प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ । शुक्रबार एक कार्यक्रम गरेर पार्टी एकता घोषणा गर्ने तयारी छ । ‘आज पार्टी एकताको घोषणा गर्ने तयारी छ,’ सदभावना अध्यक्ष गिरीले भनिन् । आज एकता घोषणा मात्र हुने र सदभावना नेता […]


प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

बागलुङ, २६ जेठ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्ज, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला […]


प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

नुवाकोट, २६ जेठ । जनप्रतिनिधिले कानुनविपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो । नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताए । […]


प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

इनरुवा, २६ जेठ । कांग्रेसले सुनसरीको सबै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकाका रहेको सुनसरीका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ । धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मीले टिकट पाएकी छन् भने […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । काठमाडौंमा जेठ २७ देखि २९ गतेसम्म नेपाल बङ्गलादेश युवा सम्मेलन हुने भएको छ । पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलन साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षालगायत विषयमा सो सम्मेलनमा छलफल गरिनेछ । दुई देशका युवाबीचको सम्बन्धलाई […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जुनसुकै पार्टीले बहिष्कार गरे पनि स्थानीय चुनाव नरोकिने बताएका छन् । असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकालागि देशव्यापी रुपमा उत्साह छाएको भन्दै उनले जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार रहेको बताए । ‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । राजपालगायत असन्तुष्ट मधेस केन्द्रित दललाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित सरकारले दर्ता गराएको स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक व्यवस्थापिका संसद्को आजको बैठकले स्वीकृत गरेको छ । यससँगै उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिभन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थाको समयसीमा हटाइएको छ । मधेस […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्नेमा पुगढेका छन् । उनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् । मन्त्री पदका लागि दर्जनौँ सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

धरान, २५ जेठ । स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकामा मुख्य राजनीतिक दलहरुले मेयर पदका उम्मेदवारको टुंगो करिबकरिब लगाइसकेका छन् । तर, उपमेयरमा भने अझै अन्यौल कायम छ । धरानमा क्रियाशील दलहरुभित्र उपमेयरका आकांक्षी धेरै देखिएका छन् । आकांक्षीहरुको राजनीतिक योगदान र सामाजिक हैसियत पनि उस्तैउस्तै भएकाले उपमेयरको उम्मेदवार चयन गर्न दलहरुलाई सकस परेको छ […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । अदालतका न्यायाधीशसहित सबै कर्मचारीले अब कार्यालय समयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत अन्य जनशक्तिलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको हो । सर्वोच्चले १० बुँदे परिपत्र गर्दै न्यायपालिका र न्यायिक काम कारबाहीप्रति असर पर्नेगरी कुनै पनि टिका–टिप्पणी नगर्न […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

जाजरकोट, २५ जेठ । जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताए । विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हालका शिवालय […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

सप्तरी, २५ जेठ । भारतको बिहार राज्य सरकारले आफ्नो राज्यमा मदिरा प्रतिबन्ध गरेको छ । बिहारमा प्रतिबन्ध लागेपछि बिहारीहरु रक्सी खान नेपालतर्फ आउने गरेका छन् । बिहारका विभिन्न जिल्लाका अधिकारीहरुले रक्सी नियन्त्रणमा सहयोग गर्न नेपाली अधिकारीसमक्ष आग्रह गरेका छन् । उनीहरुले सीमानामा रक्सी पसलहरु नराख्न नेपालसमक्ष आग्रह गरेका छन् । सीमावर्ती दुबै देशका अधिकारीहरुबीच बुधबार […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

दैलेख, २५ जेठ । दैलेखको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्लासम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखवासी खुसी छन् । पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । पद बहालीलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ । सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसामु पहिलो बैठकका निर्णय सुनाएका थिए । सञ्चार मन्त्री नतोकिएसम्म सरकारका प्रवक्ताका रुपमा रहने कार्कीले जनाएअनुसार संविधान कार्यान्वयनलाई […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरे । देउवाको मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त भएका छन् […]



 

 

 

 

 

 

 


ताजा अपडेट