देउवा सरकारले तोक्यो पाँच प्राथमिकता

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । पद बहालीलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ । सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसामु पहिलो बैठकका निर्णय सुनाएका थिए । सञ्चार मन्त्री नतोकिएसम्म सरकारका प्रवक्ताका रुपमा रहने कार्कीले जनाएअनुसार संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । बैठकले स्थानीय तहको बाँकी निर्वाचन तथा आगामी ७ माघभित्र संघीय र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्नेलाई महत्वका साथ लिएको छ । त्यस्तै सरकारले भूकम्पपछिको पुनर्निर्माण तीब्रता दिने निर्णय गरेको छ ।

साथै शान्ति सुरक्षासहित सुशासन र दैनिक आवश्यकताको परिपूर्तिको जनतासम्म प्रत्याभूति गराउने निर्णय गरेको छ। बैठकले शान्ति प्रकृयालाई पूर्णता दिने निर्णयसमेत गरेको छ ।

सरकारले शान्ति सुरक्षा, सुशासन, दैनिक आवश्यकताको परिपूर्ति जनताले प्रत्याभूत हुने गरी पु¥याउने र शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई पनि प्राथमिकतामा राखेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट