मुख्य समाचार
प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

नुवाकोट, २९ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २ सय ३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २ सय ३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)ले आउँदो स्थानीय तह निर्वाचनमा भाग निलने घोषणा गर्दै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम अघि सारेको छ । पार्टी संयोजक महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले सो घोषणा गरेको हो । सरकारसँग कुरा नमिलेपछि राजपाले चुनावविरोधी आन्दोलन घोषणा गरेको हो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । सरकारले आउँदो १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ पुनः संशोधन गर्न लागेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । संशोधन विधेयक आइतबार नै […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी यही ३० जेठमा स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने भएकी छन् । उक्त भ्रमणका लागि आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको जनाइएको छ । राष्ट्रपति भण्डारी जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लागेकी हुन् । […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाको पेशी हेर्न आज नभ्याउने भएको छ । सर्वोच्चले न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको जनाएको छ । भरतपुर प्रकरणको पेशी १७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । आज बिहान बसेको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । सुरुदेखि नै १४ असारको चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्न माग गरेकोमा सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेका छन् । राजपालाई पनि सहमतिमा लिएर चुनावमा जाने […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । सर्वाेच्च अदालतमा आज भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सुनुवाई हुँदैछ । गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । आजको सुनुवाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा पेशी […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं,२८ जेठ । असार १४ गतेको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकारले अहिले वार्ता गरिरहेको छ । राजपाले असार १४ गतेको चुनाव सार्न माग गरे पनि सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए । संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या वृद्धि लगायतका राजनीतिक मागहरु पूरा नभए आफूहरु चुनावमा नजाने राजपाको अडान छ । तर, सत्तारुढ […]


प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौं, २८ जेठ । कांग्रेस गुल्मी पार्टी केन्द्रीय कार्यालयले १४ वटै स्थानीय तहको उम्मेदवार छनोट गरेको छ । गुल्मीका सबै तहको उम्मेदवार मनोनयन गरी जिल्ला कार्यसमितिलाई पठाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयले जिल्लाबाट आएको नामलाई नै सिफारिस गरेर पठाएको हो । कांग्रेसले जिल्लाका विभिन्न ७ स्थानीय तहमा माओवादीसँग तालमेल गरी यसैअनुसार उम्मेदवार टुंगो लगाएको छ […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

काठमाडौं, २७ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र संगठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन् । लाजिम्पाटस्थिति दाहाल निवासमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘अब कुनै […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

काठमाडौं, २७ जेठ । संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा पनि भाग नलिने अडानमा रहेको राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् । माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुलाई प्रधानमन्त्री देउवाले शनिबार मध्याह्न सिंहदरबारमा वार्ताका लागि बोलाएका हुन् । देउवाले राजपा नेताहरुलाई […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

काठमाडौं, २७ जेठ । दोस्रो चरणको निर्वाचनपछि मात्र संविधान संशोधन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ट पारेपछि राष्ट्रिय जनता पार्टी चुनावमा नजाने निष्कर्षमा पुगेको छ । चुनावअघि स्थानीय तहको संख्या वृद्धि र संविधान संशोधन दुवै नहुने स्थिति देखिएकाले चुनावमा नजाने निष्कर्षमा पुगेको राजपा नेताले बताएका छन् । पछिल्लो तीनबुँदे सहमतिअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाएका मुद्दा […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

इलाम, २७ जेठ । जिल्लाबाट सिफारिस नगरिएको व्यक्तिलाई टिकट दिइएको भन्दै कांग्रेसका इलाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले राजीनामा दिएका छन् । राजीनामा दिने अन्यमा उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जुन […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिकावासी एकै घरका सहोदर दाजु र भाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा छन् । यी दुवै उम्मेदवारबा पिता डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई त झनै सकस परेको छ । आफ्ना दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो […]


प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, २६ जेठ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । कर फर्छ्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत १९ जेष्ठमा कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट