मुख्य समाचार
प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

काठमाडौं, ३१ जेठ । आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीबीच भेटवार्ता भएको छ । वार्तामा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । भेटमा भारतीय राजदूत सिंहले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएको बताउँदै आमन्त्रण गरेका […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

काठमाडौं, ३१ जेठ । यात्रुबाहक बस दैलेखको आठबिस नगरपालिका–४ को नैनाल सडक खण्डबा कर्णाली नदीमा खस्दा दश जनाको मुत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । कालिकाटेबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस कर्णाली नदीमा खस्दा दश जनाको मृत्यु भएको छ । तीमध्ये तीन जना महिला र एक […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

रौतहट, ३१ जेठ । गौरको सिसुवाचोकमा राजपा र प्रहरीबीच झडप हुँदा यहाँको अवस्था तनावग्रस्त भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् भने राजपाका ३ कार्यकर्ता पक्राउ परेका छन् । राजपाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गरेपछि झडप सुरु भएको हो । झडपमा घाइते प्रहरी जवानको एउटा हात भाँचिएको छ भने […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

सप्तरी, ३१ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरुले निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् । राजपाका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरी त्यहाँ तालिममा सहभागी हुन पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका हुन् । निर्वाचन अधिकृतहरुका लागि निर्वाचन आयोगले महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

लन्डन, ३१ जेठ । बुधबार बिहान लन्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लन्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो । भवनका सबै तलामा आगो फैलिएको हुँदा अहिले घटना स्थलमा ४० दमकल र २ सय दमकलकर्मीहरु मिलेर आगलागीलाई नियत्रण गर्ने प्रयास गरिरहेका छन् । भवन भित्र धेरै मानिसहरु फसेको हुन सक्ने आशंका […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

पाल्पा, ३१ जेठ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुलीको पोल गाडेको ५ वर्षमा बिजुली बत्ती बलेपछि यहाँका स्थानीयबासीमा खुसीयाली छाएको छ । बिजुली बत्ती विस्तार भएपछि नगरपालिकाको केन्द्रबाट झन्डै ३ घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरी गाउँ यतिबेला उज्यालोमय बनेको छ […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

काठमाडौं, ३० जेठ । अब जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २ सय रुपैयाँ जरिवाना हटेको छ । मंगलबार गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । गृहमन्त्री शर्माको निर्देशनपछि नगद जरिवाना हटाइएको हो । प्रहरी महाशाखाका अनुसार अब जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर, क्लास […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

विराटनगर, ३० जेठ । बन्दको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टी राजपा का कार्यकर्ताले विराटनगरमा चार सवारी साधानमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार विराटनगरका विभिन्न स्थानमा १ टाटा सुमो, २ टेम्पो र १ सिटी सफारी तोडफोड भएको छ । बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको टाटा सुमो को २ ह ५३६८ र को १ […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

नेपालगन्ज, ३० जेठ । आज बिहान नेपालगन्जको त्रिभुवन चोकमा नेपालगन्ज उपमहानगरका कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा राजपाका नेताले तोडफोड गरेका छन् । राजपाका नेता ललित कुमार रौनियारले नेपालगञ्ज–२२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियालाई र्पुयाई सम्पर्क कार्यालय फर्किँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीमा ढुङ्गा प्रहार गरी तोडफोड […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टीले आहृवान गरेको आमहड्तालका कारण प्रदेश नम्बर २ का जिल्लामा बन्दको प्रभाव बढी देखिएको छ । राजपाको आमहड्तालको बढी प्रभाव जनकपुर र रौतहटमा देखिएको छ । राजपाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जनकपुर र रौतहटबाट चल्ने गरेको लामो तथा छोटो दुरीको सवारी […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

काठमाडौं, ३० जेठ । आज राष्ट्रपति विद्यादेवी भण्डारी स्विटजरल्याण्ड जाने भएकी छन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत त्यसतर्फ जान लागेका छन् । अन्तर्राष्ट्रिय […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

बाँके, २९ जेठ । कांग्रेस बाँकेले लामो समयको रस्साकस्सीपछि अन्ततः कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको बाँकेमा कांग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु थारूलाई उम्मेदरवार छनोट गरेको छ । एमाले र माओवादी केन्द्रले भने यसअघि नै कोहलपुर […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २९ जेठ । आउँदो १४ असारमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले ५ नम्बर प्रदेशका सबै तहमा उमेदवारको टुंगो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार ५ नम्बर प्रदेशका १२ जिल्लाका सबै तहमा उमेदवार टुंगो लगाइएको हो । बाँकी प्रदेशमा पनि छिट्टै टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ । कहाँ […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

पाल्पा, २९ जेठ । यहाँको रामपुर नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ । रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २९ जेठ । सोमबार एमालेले २ नम्बर प्रदेश अन्र्तगतका स्थानीय तहमा पार्टीका उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठकले २ नम्बर प्रदेशमा रहेको बीरगञ्ज महानगर सहित ३ उपमहानगर र अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने जनाइएको छ । उक्त बैठकमा अन्य पार्टीबाट एमालेमा प्रबेश गरेका […]



 

 

 

 

 

 

 


ताजा अपडेट