प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण, ३ उपप्रधान र ४ मन्त्रीले पनि लिए सपथ

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरे ।

देउवाको मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् । अर्थमा महेश अचार्यलाई लैजाने चर्चा पनि थियो । तर, अन्तिममा देउवा समूहका कार्की अर्थमन्त्री भएका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट