शनिबारदेखि नेपाल बङ्गलादेश युवा सम्मेलन

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, २५ जेठ । काठमाडौंमा जेठ २७ देखि २९ गतेसम्म नेपाल बङ्गलादेश युवा सम्मेलन हुने भएको छ । पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलन साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षालगायत विषयमा सो सम्मेलनमा छलफल गरिनेछ ।

दुई देशका युवाबीचको सम्बन्धलाई सुदृढ पारी दुबै देशको सम्बन्धमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको आज आयोजित पत्रकार सम्मेलनमा साप नेपालका अध्यक्ष नरेन्द्र जोशीले जानकारी दिए ।

दक्षिण एसियाको समग्र विकास एवम् आर्थिक समृद्धि, पर्यटन विकास, महिला सशक्तिकरण वातावरण संरक्षणका क्षेत्रमा समेत सम्मेलनमा छलफल हुने चेल्सी इन्टरनेसनल एकेडमीका अध्यक्ष आनन्द आदित्यले बताए । सन् १९७२ मा बङ्गलादेशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

उक्त सम्मेलनमा दुवै देशबाट १८ वर्षदेखि ४० वर्षसम्मका ४०/ ४० युवाको प्रतिनिधित्व रहने र जलवायु परिवर्तन तथा युवा सशक्तीकरणलगायत विषयमा अनुभव आदान प्रदान गरिने बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट