सुनसरीका सबै तहमा कांग्रेसले उम्मेदवार छान्यो

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

इनरुवा, २६ जेठ । कांग्रेसले सुनसरीको सबै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकाका रहेको सुनसरीका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मीले टिकट पाएकी छन् भने भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेलले टिकट पाएका छन् ।

कांग्रेसले दुहवी नगरपालिकामा प्रमुखमा गौरीशंकर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाएको छ । रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए ।

बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामी कांग्रेसको उम्मेदवार बनेका छन् । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरीले कांग्रेसको टिकट पाएका छन् । बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुंगो लागेको कांग्रेस सुनसरीले जनाएको छ ।

देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुंगो लागाइएको छ । कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुंगो लगाइएको सभापति कोइरालाले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट