तीन दिनसम्म भरतपुरमा पुनः मतदान र मतगणना नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ ।  भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान र मतगणना गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजी मुद्दाको  सुनुवाई गर्दै तीन दिनपछि दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गरिने र  त्यस बेलासम्म कुनै पनि काम नगर्न निर्वाचन आयोगलाई निर्देशन समेत दिएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट