इरानको संसद भवनमा गोली चल्यो, सर्वोच्च नेताको घर र प्रार्थना स्थलमा पनि आक्रमण

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । इरानको संसद भवन र सर्वोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ ।

इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्ति संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । गोली लागेका व्यक्ति घाइते भएको बताइए पनि थप घाइतेबारे समाचार एजेन्सीहरुले फरक फरक तथ्यांक सार्वजनिक गरेका छन् ।

त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो ।

इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ, ‘संसद भवनभित्र एके–४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।’

संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले त्यहाँ तीन आक्रमणकारी छिरोको र त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए ।

समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको बताएका छन् । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समय समयमा गोली चलेको समाचारमा जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट