मुलुकभर गर्मी बढ्यो

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, २२ जेठ । जुन महिना (१८ जेठ) बाट काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ । पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘ह्यूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा वर्षकै उच्च तापक्रम भएको मौसमविदहरुले बताएका छन् । अघिल्लो महिनामा काठमाडौंको तापक्रम ३१.६ डिग्री सेल्सियससम्म पुगेको थियो ।

पश्चिम तराईमा पनि गर्मी बढेको हो । नेपालगञ्जमा भने मेमा ४२ सम्म पुगेको तापक्रम जुन महिनामा ४०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ अघिल्लो महिना ८ दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको देखिएको छ । धनगढीको तापक्रम ४१.४ डिग्री सेल्सियम मापन भएको छ ।

मौसम विभाग विभागका अनुसार पछिल्लो चार दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको छ । जबकी अघिल्लो महिना धनगढीको तापक्रम जम्मा ५ दिनमात्र ४० डिग्री सेल्सियम कटेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट