देउवासँग पौडेल समूह बिच्कियो, सपथ ग्रहणमा नजाने र मन्त्री पनि नपठाउने

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । राष्ट्रपति कार्यालय शितलनिवासमा पौने २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको सपथग्रहण समारोह राखिएको छ । तर, नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथ ग्रहण समारोह रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । पौडेल समूहले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।

बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा देउवा बधाई ग्रहण गर्न व्यस्त भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा पौडेल समूहका नेताहरुको बैठक बसेको थियो ।

बैठकमा सहभागी एक नेताले भने, ‘सभापति जीले एकलौटी गर्नुभयो । त्यसैले सपथ ग्रहणमा नजाने र मन्त्री पनि नपठाउने निर्णय भयो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट