एक्लिदै कतार, तीन देशले लाए नाकाबन्दी !

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । आतंकवादलाई सघाएको आरोप लगाउँदै ६ मुस्लिम बहुल देशले कतारसँग आफ्नो कुटनीतिक सम्बन्ध तोडेका छन् ।

यो निर्णयसँगै कतारका विमानलाई साउँदी अरब र इजिप्टले आफ्नो हवाई क्षेत्रमा उड्न रोक लगाएको छ । कतारसँग सम्बन्ध तोड्नेमा साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । यीमध्ये साउदी अरब, इजिप्ट, बहराइन र यूएईले कतारका लागि हवाई उडानका साथै स्थल र समुन्द्री बाटो समेत बन्द गरेका छन् ।

यसका साथै आफ्नो देशमा रहेका कतारका नागरिक र पर्यटकलाई समेत दुई साताभित्र आफ्नो देश फर्कन आदेश दिएको छ भने आफ्ना देशका नागरिकलाई कतार जान प्रतिबन्ध लगाएको छ ।  कतारका हजयात्रीलाई भने साउदी अरबले आउन नरोक्ने बताएको छ ।

६ देशले गरेको निर्णय गलत भएको भन्दै कतारले कुनै इस्लामिक स्टेट वा चरमपन्थीलाई आफूले सहयोग नगरेको बताउँदै आरोप अस्वीकार गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट