संसद् बैठक सुरु, प्रमुख नेताहरुले सम्बोधन गर्दै

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २३ जेठ । ब्यवस्थापिका संसद बैठक सुरु भएको छ । लगातार संसद् अवरोध गर्दै आएको एमालेले हिजो नै संसद् अवरोध नगर्ने सहमति जनाइसकेको थियो ।

सभामुख ओनसरी घर्तिमगरको पहलमा सोमबार साँझ भएको छलफलमा शीर्ष नेताहरुबीच चार बुँदे सहमति भइ सदन खोल्ने सहमति भएको थियो । त्यसअघिसम्म एमालेको अवरोधकै कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको थियो ।

आज संसद्को दुईवटा बैठक बस्दैछ । पहिलो बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । जुन अहिले जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले बोल्ने कार्यक्रम छ ।

आजको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा देशको ४०औँ प्रधानमन्त्री बन्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट