पौने दुई बजे देउवाको सपथ ग्रहण, आजै पदबहाली पनि

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । हिजो संसद्बाट प्रधानमन्त्री चुनिएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कार्यभार सम्हाल्दै छन् । देउवाले राष्ट्रपति भवन शितलनिवासमा अपरान्ह पौने दुई बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।

देउवाले लैनचौरस्थित शहिद स्मृति पार्कमा माल्यार्पण गरेर आजै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा पदवहाली गर्ने कार्यक्रम तय भएको छ । देउवा मुलुकको ४०औँ प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका हुन् । यो उनको चौथो कार्यकाल पनि हो ।

देउवालाई माओवादी केन्द्र, राप्रपा, राजपा, लोकतान्त्रिक फोरम, संघिय समाजवादी फोरम लगायतका दलले समर्थन गरेका छन् । हिजो संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री निर्वाचित हुने क्रममा देउवाले झन्डै दुई तिहाइ मत प्राप्त गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट