समाचार
प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल पोखरा, २५ माघ । यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा सञ्चालन हुने १३औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिए । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल तेह्रथुम, २५ माघ । अधिकांश गाउँमा रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि काम गर्ने जनशक्तिको अभाव भएको छ । इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर इङनामका अनुसार एकपछि अर्के गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छ । उनले भने- ‘सबै युवा विदेशिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल भद्रपुर, २५ माघ । समय र लागत कम लाग्ने हुँदा झापामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो । हाल झापामा रु तीन करोड ८७ लाख ५४ हजार ३६६ लागतमा १३ वटा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । जिल्ला […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, २५ माघ । रानीपोखरीको माटो परीक्षण गरिने भएको छ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच भएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको हो । यसै साता रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्न लागेको छ […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

काठमाडौं, २५ माघ । २० ओटा नयाँ गाडी उपलव्ध गराउन व्यवस्थापिका संसद सचिवालयले सरकारसँग माग गरेको छ । संसदले विभिन्न दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु चढ्ने गाडी नभएको भन्दै गाडी मागेको हो । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ मा व्यवस्था […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल पर्सा, २५ माघ । पाँच किलो चरेससहित एक भारतीयलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पक्राउ गरेको छ । भन्सार सुरक्षा प्रहरीले काठमाडौंबाट भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई जाँचका क्रममा झोलामा लुकाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीसमक्ष सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

बेईजिङ, २४ माघ । मसाज पार्लरमा आगलागी हुँदा चीनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार चीनको पुर्वी झेजिङमा आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दुई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो । मृत्यु भएका मध्ये आठ जनाको […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल मोरङ, २४ माघ । मोरङ जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् । विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको जिल्ला विकास समिति, मोरङले जनाएको छ । योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुगमन […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २४ माघ । चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी भूकम्पपछिको पुनःनिर्माणका क्रममा दोस्रो किस्ताको रकम बुझेका छन् । पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिनेमा मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवार रहेको सङ्घीय मामिला तथा स्थानीय […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

स्वाद र स्वास्थ्यका लागि प्रायः हामीहरु आलू र त्यसको बोक्रालाई छुट्याएर खाने गर्छौं । तर, के तपाइलाई आलुको बोक्रामा पाइने फाइदाजनक तत्वहरु बारे थाहा छ ? १. ब्लड प्रेसरको लागि आलुको बोक्रामा उत्कुष्ट मात्रामा पोटाशियम हुने गर्छ । पोटाशियमले ब्लड प्रेशरलाई नियन्त्रण गर्ने काममा मदत गर्छ । २. मेटाबाँलिज्म लागि आलुको बोक्राले मेटाबाँलिज्मलाई पनि सन्तुलन […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २४ माघ । आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना माग गरिएको हो । आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल रामेछाप, २४ माघ । रामेछापको एक मन्दिरमा दलितले प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराएका छन् । जिल्लाको बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराइ तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका थिए । मन्दिरका […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल खोटाङ, २४ माघ । जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता जिल्ला शिक्षा कार्यालय खोटाङले रोक्का गरेको छ । जिल्ला शिक्षा कार्यालय खोटाङले व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालका अनुसार तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल भक्तपुर, २४ माघ । यही माघ २५ देखि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी सुरु हुने भएको छ । कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले आइतबार ख्वप कलेजमा आयोजना गरिएको पत्रकारसम्मेलनमा तीनदिने प्रदर्शनी माघ २५ देखि सुरु हुने बताए । तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

इटहरी, २४ माघ । आठ वर्षअघि प्रेमविवाह गरेर ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई बराहक्षेत्र–४ का पुष्प बस्नेतले अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् । जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित […]



 

 

 

 

 

 

 


ताजा अपडेट