विकास कार्यक्रमअन्तर्गत १३ विकास योजना छनोट

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

मोरङ, २४ माघ । मोरङ जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् ।

विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको जिल्ला विकास समिति, मोरङले जनाएको छ ।

योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुगमन गरी योजना छनोट गरिएको जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले बताए ।

योजनाहरु महादेवा, झुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएको जिविसका इन्जिनियर घनश्याम दाहाले बताए ।

महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुल पुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने कार्यक्रमअन्तर्गतको योजनामा छनोट भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट