मन्दिर प्रवेश गर्दा ५ हजार जरिवाना

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

रामेछाप, २४ माघ । रामेछापको एक मन्दिरमा दलितले प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराएका छन् ।

जिल्लाको बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराइ तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका थिए ।

मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले विकको ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट