५ किलो चरेससहित भारतीय पक्राउ

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

पर्सा, २५ माघ । पाँच किलो चरेससहित एक भारतीयलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पक्राउ गरेको छ ।

भन्सार सुरक्षा प्रहरीले काठमाडौंबाट भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई जाँचका क्रममा झोलामा लुकाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीसमक्ष सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्यालएबापत भारु १० हजार दिन्छु भनेकाले आफू भरिया मात्र बनेको बताएका छन् ।

प्रहरीले आवश्यक कारबाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट