रानीपोखरीको माटो परीक्षण हुँदै

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, २५ माघ । रानीपोखरीको माटो परीक्षण गरिने भएको छ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच भएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको हो ।

यसै साता रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्न लागेको छ ।

पोखरीमा रहेका सबै माछा गत पुसको पहिलो सातामा नै अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भएला पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ । पोखरीका वरपर भने अन्य निर्माण भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट