माघ २५ देखि बृहत् शैक्षिक प्रदर्शनी

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

भक्तपुर, २४ माघ । यही माघ २५ देखि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी सुरु हुने भएको छ ।

कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले आइतबार ख्वप कलेजमा आयोजना गरिएको पत्रकारसम्मेलनमा तीनदिने प्रदर्शनी माघ २५ देखि सुरु हुने बताए । तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न सङ्कायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताइएको छ ।

प्रदर्शनीमा विद्यार्थीले बनाएका रोबर्टलगायत ८४ वटा विज्ञानसँग सम्बन्धित विषयको प्रदर्शनी, व्यवस्थापन सङ्कायको ४२, शिक्षा सङ्कायको १५ र मानविकी सङ्कायको २२ वटा विषयको प्रदर्शनी गरिने जनाइएको छ ।

उक्त कार्यक्रममा दौड, चेस, भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस खेलका विजयी खेलाडी, भक्तपुर काभ्रे अन्तरकलेज बास्केटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

उक्त प्रदर्शनीमा रहेको उत्कृष्ट स्टललाई पुरस्कृत पनि गरिने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट