३५० विद्यालयको खाता रोक्का

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

खोटाङ, २४ माघ । जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता जिल्ला शिक्षा कार्यालय खोटाङले रोक्का गरेको छ ।

जिल्ला शिक्षा कार्यालय खोटाङले व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालका अनुसार तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने बताए । उनले भने- ‘जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ । कम्तीमा नियमअनुसार सञ्चालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो ।’

रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब पाएका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट