चीनको मसाज पार्लरमा आगलागी, १८ जनाको मृत्यु

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

बेईजिङ, २४ माघ । मसाज पार्लरमा आगलागी हुँदा चीनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार चीनको पुर्वी झेजिङमा आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दुई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।

मृत्यु भएका मध्ये आठ जनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा लगेपछि मृत्यु भएको जनाइएको छ ।

आगलागीको कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । चीनमा अग्नी सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । देशभरीका सवैजसो भवनमा आगलागीका बेला बाहिर निस्कने पर्याप्त ढोकाहरुको व्यवस्था नगरिएको पाइन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट