एकैपटक ६० क्याम्पसमा सूचना माग

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २४ माघ । आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ ।

काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना माग गरिएको हो ।

आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिन फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले हुलाकमार्फत निवेदन दर्ता गरेको प्रमुख दाहालले जानकारी दिए ।

सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेको भन्दै प्रमुख दाहालले सूचना माग गरेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट