७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २४ माघ । चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी भूकम्पपछिको पुनःनिर्माणका क्रममा दोस्रो किस्ताको रकम बुझेका छन् ।

पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिनेमा मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवार रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

एकाइले जनाए अनुसार भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न रु ११ अर्ब निकासा गरिएको छ । यो रकम ७३ हजार लाभग्राहीलाई वितरण गर्नपुग्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट