समाचार
प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल जाजरकोट, ५ फागुन । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ । बुधबार बसेको सर्वदलीय बैठकले सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । बैठकले सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल बैतडी, ५ फागुन । बैतडीमा शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार गएको माघ मसान्तभित्रै शिक्षा विभागले जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको हो । उनले थपे जिल्लाका […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल दमक, ५ फागुन । गएराति झापास्थित गौरादह–१ का देवराज लिम्बूको घरमा विद्युत् सर्ट भई आगलागी भएको छ । १:३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा रु ४१ लाख बढीको क्षति भएको हो । आगलागी भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो । बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ४ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा १३ हजार १८० युरोसहित एक युवकलाई पक्राउ गरेको छ । मङ्गलबार कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल पाल्पा, ४ फागुन । समुदायले आफै वन संरक्षण गर्न थालेपछि यस क्षेत्रबाट हुने वनजन्तु तथा वन पैदावारको चोरी निकासीमा कमी आएको छ । वन क्षेत्रको संरक्षण एवम् प्रवद्र्धनको नेतृत्व समुदायले लिन थालेपछि सामुदायिक वन समन्वय समिति, दोभानले चोरी निकासीमा कमी आएको हो । सामुदायिक वन समन्वय समिति, दोभानका अध्यक्ष राजेश श्रेष्ठका अनुसार गाउँ […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ४ फागुन । काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि अहिले सम्म छ सय परिवार उचित बास पाउन सकेका छैनन् । यी परिवारले नुवाकोट र सिन्धुपाल्चोकमा कुनै राहत नपाएको गुनासो गरेका छन् । भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि ८/९ जना बस्नुपर्दा निकै गाह्रो भएको बताइन । उनले भनिन्, ‘हामीले कुनै […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल डडेलधुरा, ४ फागुन । बुधबार से १ ज ८३३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ४ फागुन । मंगलबार नेपाल पत्रकार महासंघअन्तर्गत पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल कैलाली, ४ फागुन । छ दिनअघि बेपत्ता रहेकी १६ वर्षीया अञ्जली सिंहको मङ्गलबार शव फेला परेको छ । मङ्गलबार धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट बेपत्ता भएकी अञ्जलीको शव उनकै श्रीमानले हत्या गरि घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अञ्जलीले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण प्रक्रिया खारेज गर्न वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परिक्षण खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । आधुनिक प्रविधिको नाममा […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फाल्गुन । आयभन्दा बढी सम्पत्ति भएको भन्दै सुप्रीम कोर्टले शशिकलालाई दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । यो फैसलापछि अब शशिकला मुख्यमन्त्री बन्न पाउँने छैनन् । अदालतले शशिकलामाथि १० करोड रुपैयाको जुर्माना समेत लगाएको छ । अब शशिकलाले जेल जानका लागि तुरुन्तै आत्म समर्पण गर्नुपर्ने र उनले १० वर्षसम्म चुनावपनि […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन ।  भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा आज  विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन  युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ । प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

काठमाडौँ, २ फागुन । ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने राष्ट्रिय युवा परिषद्ले तयारी गरेको छ । सोमबार मानव विकास तथा जागरण मञ्चले आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल लहान, २ फागुन । सोमबार प्रहरीले सिरहाको गोलबजारबाट आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । ४५ वर्षीय उक्त आरोपीलाई इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । इप्रका, गोलबजारका प्रहरीका अनुसार आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल धुलिखेल, २ फागुन । काभ्रे जिल्लामा नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । उक्त सङ्गठनले आइतबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो । बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, […]



 

 

 

 

 

 

 


ताजा अपडेट