केही दिनभित्रै समिति गठन हुने

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

बैतडी, ५ फागुन । बैतडीमा शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार गएको माघ मसान्तभित्रै शिक्षा विभागले जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको हो । उनले थपे जिल्लाका ९७ प्रतिशत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको छ बाँकी २० वटा विद्यालयमा पनि केही दिनभित्रै विद्यालय व्यवस्थापन समिति गठन भइसक्नेछ ।”

जिल्ला शिक्षा कार्यालयका अनुसार केही विद्यालयमा राजनीतिक खिचातानीका कारण समिति गठन स्थगित भए पनि अधिकांश विद्यालयमा सहजताका साथ समिति गठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्रोतव्यक्ति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान रहेपनि जिल्ला शिक्षा कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण सम्बन्धित स्रोतव्यक्तिको संयोजनमा गठन भइरहेको जिल्ला शिक्षा अधिकारी टेरले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट