विद्युत् सर्ट भई आगलागी

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

दमक, ५ फागुन । गएराति झापास्थित गौरादह–१ का देवराज लिम्बूको घरमा विद्युत् सर्ट भई आगलागी भएको छ । १:३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा रु ४१ लाख बढीको क्षति भएको हो । आगलागी भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो ।

बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूको घरसँगै जोडिएको अर्को एकतले पक्की घरसमेत जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीबाट लिम्बूको घरमा भाडामा बसेका धनसिंह लिम्बूको रु दुई लाख ५० हजार नगदसहित लत्ताकपडा, अन्नपात जल्दा रु ११ लाख २९ हजार बराबरको क्षति हुन पुगेको पीडितले जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट