बेपत्ता अञ्जलीको शव भेटियो

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

कैलाली, ४ फागुन । छ दिनअघि बेपत्ता रहेकी १६ वर्षीया अञ्जली सिंहको मङ्गलबार शव फेला परेको छ ।

मङ्गलबार धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट बेपत्ता भएकी अञ्जलीको शव उनकै श्रीमानले हत्या गरि घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अञ्जलीले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् ।

प्रहरीका अनुसार यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । त्यस लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको हो ।

हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट